सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?
Glammandu प्रकाशित: सोमबार, १३ मंसिर २०७८, ११ : १९ pm

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आइतबार)  छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर   प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार १ हजार २ सय १० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a4667c21d68.JPG
प्रकाशित: सोमबार, १३ मंसिर २०७८, ११ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News