शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: शुक्रबार, १० मंसिर २०७८, ११ : २६ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बिहीबार) छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले बढेर  प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार १ हजार २ सय ३० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a073a47417c.JPG
प्रकाशित: शुक्रबार, १० मंसिर २०७८, ११ : २६ pm

प्रतिक्रिया दिनुहोस

Related News