सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: बुधबार, ०८ मंसिर २०७८, १२ : ०० pm

आज (बुधबार) पनि नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ ।  हिजो (मंगलबार) सुन-चाँदीको मूल्य घटेको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (मंगलबार) छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रुपैयाँले घटेर  प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार २ सय ५५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

619dd92d63282.JPG
प्रकाशित: बुधबार, ०८ मंसिर २०७८, १२ : ०० pm

प्रतिक्रिया दिनुहोस

Related News