‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रवारबाट

‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रवारबाट
Glammandu प्रकाशित: विहीबार, ०५ चैत्र २०७७, १२ : २० pm

सांगीतिक करियर निर्माण गर्न चाहनेका लागि उत्कृष्ट बनेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रवारबाट शुरु हुने भएको छ । शुक्रवारबाटदेखि उक्त कार्यक्रम हिमालय टेलिभिजनमा हरेक शुक्रवार र शनिवार कार्यक्रम प्रसारण हुनेछ ।

उक्त शोको  डिजिटल अडिसन मंसिरमा सुरु भएको  थियो। डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । 

यसपटक भ्वाइसको टिमले कोच परिवर्तन गरेको छ । आस्था राउतको ठाँउमा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । अन्य  कोचहरुमा दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत छन् ।

प्रकाशित: विहीबार, ०५ चैत्र २०७७, १२ : २० pm

प्रतिक्रिया दिनुहोस

Related News