प्रियंका र निकको सम्बन्धविच्छेद भएकै हो त ?

प्रियंका र निकको सम्बन्धविच्छेद भएकै हो त ?
Glammandu प्रकाशित: मंगलबार, ०७ मंसिर २०७८, १४ : ०१ pm

पछिल्लो समय बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निकजोनसबीच मनमुटाव भएको चर्चा धेरै चलेको छ । अमेरिकी गायक समेत रहेका निकसँग प्रियंकाले सम्बन्धविच्छेद गरेको खबर समेत बाहिरिएको छ ।

सामाजिक सञ्जालमा उनिहरुको सम्बन्धविच्छेद गरेको चर्चा धेरै चलेपनि उनीहरुले भने आफूहरुले सम्बन्धविच्छेद गरेको बारे केही कुरा खुलाएका छैनन् । भारतीय सञ्चार माध्यमका अनुसार प्रियंकाकी आमा मधु चोपडाले सम्बन्धविच्छेदको हल्ला बकवास र गलत भएको बताएकी छन् । मधुले यस किसिमका गलत हल्ला नफैलाउन आग्रह समेत गरेकी छन् । आमा मधुले नै हल्ला गलत भएको बताएपछि समर्थकले खुशी व्यक्त गरेका छन् ।

बलिउडदेखी हलिउडसम्म चर्चा कमाएकी प्रियंकाले केही वर्षअगाडि निकसँग विवाह गरेकी थिइन् । विवाह गरेपछि उनी पतिकै घर अमेरिकामा बस्दै आएकी छिन् ।

प्रकाशित: मंगलबार, ०७ मंसिर २०७८, १४ : ०१ pm

प्रतिक्रिया दिनुहोस

Related News