सुन-चाँदीकाे मूल्य घट्यो, यस्ताे छ आजकाे बजार भाउ

सुन-चाँदीकाे मूल्य घट्यो, यस्ताे छ आजकाे बजार भाउ
Glammandu प्रकाशित: मंगलबार, ०७ मंसिर २०७८, ११ : ४६ pm

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकोमा मंगलबार १६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाल सुन प्रति १० ग्राम ८९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

619c864866445.JPG
प्रकाशित: मंगलबार, ०७ मंसिर २०७८, ११ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News