टेलिभिजन सिरियल ‘अनुपमा’मा अभिनय गर्ने माधवी गोगटेको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमित भएपछि उपचारका लागि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना भएकी उनको सोही अस्पतालमा ५८ वर्षको उमेरमा निधन भएको हो ।
उनले कैयौं टेलिसिरियलमा अभिनय गरेकी थिइन् । माधवी टेलिभिजन उद्योगमा लामो समय सक्रिय रहेकी थिइन् । उनले कोई अपना सा, ऐसा कभी सोचा ना था लगायतमा पनि अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस