सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: सोमबार, ०६ मंसिर २०७८, ११ : ५४ pm

आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आइतबार) छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार १ हजार २ सय ६० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

619b3428159a1.JPG
प्रकाशित: सोमबार, ०६ मंसिर २०७८, ११ : ५४ pm

प्रतिक्रिया दिनुहोस

Related News