चर्चित गायिका प्रविशा अधिकारी विवाह बन्धनमा

चर्चित गायिका प्रविशा अधिकारी विवाह बन्धनमा
Glammandu प्रकाशित: आइतबार, ०५ मंसिर २०७८, १६ : ५१ pm

चर्चित गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् ।

उनी आज (आइतबार) झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी हुन् ।

प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भएको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ ।

विवाहमा गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल उपस्थित छन् । गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए ।

चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।

प्रकाशित: आइतबार, ०५ मंसिर २०७८, १६ : ५१ pm

प्रतिक्रिया दिनुहोस

Related News