आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बिहीबार) छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहीबार १ हजार २ सय ८० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस