रोहित शेट्टीले गरे रणवीर सिंह बाबु बन्न लागेकाे संकेत

रोहित शेट्टीले गरे रणवीर सिंह बाबु बन्न लागेकाे संकेत
Glammandu प्रकाशित: बुधबार, १७ कार्तिक २०७८, १४ : १५ pm

दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म 'सूर्यवंशी' को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् ।  विभिन्न टिभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त भएकाले फिल्मको प्रमोसनमा निर्देशक र नायिका व्यस्त छन् ।  

यसैक्रममा रोहित रणवीर सिंहको टिभी शोमा सहभागी भए । रोहितले रणवीरसँग सिम्बामा काम गरिसकेका छन् भने सर्कस पोष्ट प्रोडक्सनमा छ । सूर्यवंशीमा पनि रणवीरको केमियो छ । यसैले गर्दा पनि रणवीर र रोहित नजिक छन् । शोमा कुराकानी गर्ने क्रममा रोहितले रणवीर पिता बन्न लागेकाे संकेत गरे ।

एक प्रसंगमा रोहितले रणवीर पिता बन्दैछ भने । यद्यपि उनले त्यसलाई सच्याउन खोजे । तर, यो कुराले यतिबेला बी-टाउनमा राम्रै चर्चा पाइरहेको छ । रणवीरले अभिनेत्री दीपिका पादुकोणसँग सन् २०१८ मा विवाह गरेका हुन् । यी दुईले आफ्नो दशक लामो प्रेमलाई विवाहमा परिणत गरेका थिए । 

प्रकाशित: बुधबार, १७ कार्तिक २०७८, १४ : १५ pm

प्रतिक्रिया दिनुहोस

Related News