अमेरिकामा पूरै छायांकन भएकाे 'ओभर डोज' मंसिरमा रिलिज हुँदै

अमेरिकामा पूरै छायांकन भएकाे 'ओभर डोज' मंसिरमा रिलिज हुँदै
Glammandu प्रकाशित: बुधबार, १७ कार्तिक २०७८, १३ : ४७ pm

नयाँ नेपाली फिल्म 'ओभर डोज' को प्रदर्शन मिति तय गरिएको छ । फस्टलुकअन्तर्गत पोष्टर सार्वजनिक गर्दै तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको रिलिज आगामी १७ मंसिर हुने घोषणा गरेको हो । अमेरिकामै सम्पूर्ण छायांकन भएको फिल्मलाई दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिले संयुक्त ब्यानरमा निर्माण गरेका हुन् । 

रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले फिल्म अब विस्तारै घोषणा गर्ने बताए । 'हामीले ओभर डोज घोषणा गरेका छौं, यसअघि चिसो मान्छे घोषणा भइसकेको छ । अब छिटै अन्य फिल्म पनि घोषणा गर्ने छौँ', करणले भने । उनले अन्य फिल्मसँग नाजुधने गरL सेड्युल मिलाएर मात्र फिल्म घोषणा गर्ने बताए । 

प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्मलाई सुमन पौडेलले निर्देशन गरेका हुन् । यसमा प्रनिशराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको मुख्य भूमिका छ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पंजियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रुप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ । 

प्रकाशित: बुधबार, १७ कार्तिक २०७८, १३ : ४७ pm

प्रतिक्रिया दिनुहोस

Related News