सिद्धार्थ शुक्लाको स्मृतिमा सेहनाजको गीत

सिद्धार्थ शुक्लाको स्मृतिमा सेहनाजको गीत
Glammandu प्रकाशित: शुक्रबार, १२ कार्तिक २०७८, १७ : ११ pm

बिग बोसको १३औं सिजनको विजेता बनेपछि सिद्धार्थ शुक्ला लोकप्रिय भए । उनलाई मन पराउनेको संख्यामा वृद्धि भयो । सिद्धार्थसँगै सेहनाज गिल पनि दर्शकको प्रिय बनिन् । दर्शकले यी दुईलाई ‘सिडनाज’ भनेर सम्बोधन गर्न थाले ।

बिस्तारै दर्शकमाझ आफ्नो लोकप्रियतालाई बढाइरहेका सिद्धार्थको गत २ सेप्टेम्बरमा  हृदयघातका कारण निधन भयो । यसले सेहनाजसँगै यी दुईलाई रुचाउनेको मन पनि टुट्यो । करिब ४० वर्षको उमेरमा संसारबाट विदा भएका सिद्धार्थलाई श्रद्धाञ्जली दिँदै सेहनाजले एक गीत सार्वजनिक गरेकी छिन् । 

‘तु यहीँ है’ बोलको गीतमा सेहनाजकै स्वर सुन्न सकिन्छ भने यसमा शब्द र संगीत राज रन्जोधको छ । गीतको भिडियोमा सेहनाजले सिद्धार्थसँग बिताएको पललाई देखाइएको छ । भिडियोमा सिड्नाजको अन्सिन मोमेन्ट, रमाइलो पल, माया र क्रोधलाई समेटिएको छ ।

बिग बोसको घरमा बिताएका पललाई फिचर्ड गरिएको भिडियोमा सिद्धार्थ आफूसँगै रहेको भाव सेहनाजले व्यक्त गरेकी छिन्  ।

१९८० मा जन्मेका सिद्धार्थ हिन्दी फिल्म हम्प्टी शर्माकी दुल्हनियाँ र बालिका वधु नामक टेलिभिजन धारावाहिकमा उनले शिवराजको भूमिका निभाएर दर्शमाझ लोकप्रिय भएका थिए ।

प्रकाशित: शुक्रबार, १२ कार्तिक २०७८, १७ : ११ pm

प्रतिक्रिया दिनुहोस

Related News