सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?
Glammandu प्रकाशित: शुक्रबार, २२ असोज २०७८, ११ : २२ pm

कारोबार हुने हप्ताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

हिजो (बिहीबार) तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार २ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

615fd9801222a.JPG
प्रकाशित: शुक्रबार, २२ असोज २०७८, ११ : २२ pm

प्रतिक्रिया दिनुहोस

Related News