आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
हिजो (मंगलबार) तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो ।
प्रतिक्रिया दिनुहोस