मंगलबार बढ्यो सुनको मूल्य

मंगलबार बढ्यो सुनको मूल्य
Glammandu प्रकाशित: मंगलबार, १९ असोज २०७८, ११ : ३० pm

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ५ सय रुपैयाँले बढेर तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५०  रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

615be68d2b46f.JPG
प्रकाशित: मंगलबार, १९ असोज २०७८, ११ : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News