‘रामायण’ मा ऋतिक रावण, रणवीर राम !

‘रामायण’ मा ऋतिक रावण, रणवीर राम !
Glammandu प्रकाशित: सोमबार, १८ असोज २०७८, १२ : ४६ pm

बलिउडका दुई स्टार ऋतिक रोशन र रणवीर कपुर ‘रामायण’ नामक फिल्ममा सँगै अभिनय गर्ने खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । ‘रामायण’ मा ऋतिकले रावण र रणवीरले रामको भूमिका निर्वाह गर्नेसमेत चर्चा चलेको छ । 

भारतीय मिडियाका अनुसार यही फिल्मको छलफलका लागि शनिबार ऋतिक र रणवीर निर्माता ज्याकी भागनानीको अफिस पुगेका थिए । त्यहाँ निर्माता भागनानीका साथमा निर्देशक नितेश तिवारी, निर्माता नमित मल्होत्रा र मधु मटेनी उपस्थित थिए । ऋतिक र रणवीरले फिल्मबारे निकै समय छलफल गरेका थिए ।


निर्माण पक्षले पौराणिक रामायणलाई नै नयाँ ढंगबाट पर्दामा उतार्न लागिएको जानकारी दिएको छ । निर्माताले सुरुमा यो फिल्म तीन सय करोड भारुमा बनाउने अनुमान गरेको थियो । तर, अब उक्त बजेटमा फिल्म पूरा गर्न नसक्ने देखिएकाले अन्य निर्मातासँग समेत सहकार्य गरेर फिल्म बनाउने योजना बुनिएको छ । फिल्ममा सीताको भूमिका कसले निर्वाह गर्ला ? अहिले यसबारे चर्चा सुरु भएको छ ।

प्रकाशित: सोमबार, १८ असोज २०७८, १२ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News