गीतकार एंव संगीतकार मिना लामाको दशैं गीत ‘परदेशको पिडा’ सार्वजनिक

गीतकार एंव संगीतकार मिना लामाको दशैं गीत ‘परदेशको पिडा’ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, १७ असोज २०७८, १२ : ३३ pm

गीतकार तथा संगीतकार मिना लामाको दशैं गीत परदेशको पिडा (आमा) सार्वजनिक भएको छ । उक्त गीतको भिडियो चाहबिल स्तुप नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि ‘मिना कृयसन’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा मिना लामा स्वयंको शब्द, संगीत रहेको छ भने कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ ।

गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुमारले भिडियो सम्पादन गरेका हुन् । गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विशेष अतिथिको रुपमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ रहेका थिए । भिडियो सार्वजनिक कार्यक्रम डिजिएस अनलाईन, मिडिया नेपाली सेलो म्युजिक,सदाबहार टिभीको समन्वयमा सम्पन्न गरिएको थियो । 

कार्यक्रम डिजिएस अनलाईन टिभीका प्रस्तोता सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो । परदेशको पिडालाई हालसम्म ५ हजार ४ सय भन्दा बढीले हेरिसकेका छन् । 

भिडियो हेर्नुहोस् :

प्रकाशित: आइतबार, १७ असोज २०७८, १२ : ३३ pm

प्रतिक्रिया दिनुहोस

Related News