आज (आइतबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार) तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार २ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि बढेको छ । गएको शुक्रबार तोलाको ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा करोबार भएको नोपल महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस