लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
हिजो (बिहीबार) तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य ८८ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो तोलाको ११ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको ११ सय ४० रुपैयाँमा करोबार भएको नोपल महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस