बिहीबार घट्यो  सुन-चाँदीको मूल्य

बिहीबार घट्यो  सुन-चाँदीको मूल्य
Glammandu प्रकाशित: विहीबार, १४ असोज २०७८, ११ : ४६ pm

आज (बिहीबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य ८८ हजार ४ सय ५०  रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर तोलाको ११ सय २० रुपैयाँमा करोबार भएको नोपल महासंघले जनाएको छ । 

615552f65a641.jpg
प्रकाशित: विहीबार, १४ असोज २०७८, ११ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News