सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: मंगलबार, १२ असोज २०७८, ११ : ४१ pm

आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले घटेर तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

6152aecbc2e86.JPG
प्रकाशित: मंगलबार, १२ असोज २०७८, ११ : ४१ pm

प्रतिक्रिया दिनुहोस

Related News