सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
Glammandu प्रकाशित: बुधबार, ०४ चैत्र २०७७, ११ : २२ pm

स्थानीय बजारमा आज (बुधबार) सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (मंगलबार) तोलाको ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार) ३ सय रुपैयाँले बढेर तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (बुधबार) चाँदीको मूल्य भने सामान्य घटेको छ । हिजो मंगलबार तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

प्रकाशित: बुधबार, ०४ चैत्र २०७७, ११ : २२ pm

प्रतिक्रिया दिनुहोस

Related News