‘द भ्वाइस किड्स’को ब्लाइन्ड अडिसन सुरु हुने तयारीमा

‘द भ्वाइस किड्स’को ब्लाइन्ड अडिसन सुरु हुने तयारीमा
Glammandu प्रकाशित: सोमबार, ११ असोज २०७८, १७ : ०४ pm

‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न भए लगत्तै ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तयारीमा रहेको छ । द भ्वाइस किड्समा ६ देखि १४ वर्षका बालबालिकाको सहभागी हुन पाउने छन् । 

केही समय अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ हुने तयारी भइरहको छ । एक प्रेसमिट गरेर छिट्टै ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताएका छन् । पौडलका अनुसार शो प्रशारण भने एक महिना पछिबाट हुने छ ।

‘द भ्वाइस अफ नेपाल’ का कोच राजु लामा र प्रमोद खरेलले द भ्वाइस किड्समा पनि कोच गर्ने भएका छन् भने गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारीले पनि  किड्समा कोच गर्ने भएका छन् । 

प्रकाशित: सोमबार, ११ असोज २०७८, १७ : ०४ pm

प्रतिक्रिया दिनुहोस

Related News