सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
Glammandu प्रकाशित: सोमबार, ११ असोज २०७८, ११ : ४९ pm

आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

61515f2641c97.JPG
प्रकाशित: सोमबार, ११ असोज २०७८, ११ : ४९ pm

प्रतिक्रिया दिनुहोस

Related News