चर्चित कलाकार सरोज अधिकारी र आश्मा बिस्वकर्माले अभिनय गरेको गीत ‘दिलकी रानी’ सार्वजनिक भएको छ । सरोज र आश्मा अभिनय गरेको उक्त गीतमा दुई चर्चित गायक प्रबिशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ ।
गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ । निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजि लामीछानेले निर्द्शन, कोरियोग्रफि गरेका हुन् ।
म्युजिक भिडियोमा सौरभ लामाको छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन, रेनिश फगोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ । गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् । दिलकी रानीलाई हालसम्म ४८ हजार ४ सय भन्दा धेरैले हेरिसकेका छन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस