यस हप्ताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
गएको (शुक्रबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य पनि आज स्थिर रहि तोलाको ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस