सामाजिक सञ्जालबाट सधैका लागि टाढा भए अमिर खान

सामाजिक सञ्जालबाट सधैका लागि टाढा भए अमिर खान
Glammandu प्रकाशित: बुधबार, ०४ चैत्र २०७७, ११ : २७ pm

बलिउड नायक आमिर खानले सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो सन्देश सार्वजनिक गर्दै आफूले सधैका लागि सामाजिक संजाल छाडेको उल्लेख गरेका छन् ।  

बलिउडमा मिस्टर पर्फेक्टको उपाधि समेत पायका आमिरले आफ्नो काममा बढि केन्द्रित हुनका लागि सामाजिक सञ्जाल छाड्ना लागेको बताएका छन् ।

आमिरले आफ्नो जन्मदिनको शुभकामना दिने सबै सुभचिन्तकहरुलाई धन्यवाद दिदै आफ्नो यो पोष्ट नै सामाजिक संजालका लागि अन्तिम हुने बताएका हुन् ।

सामाजिक संजालबाट आमिरले आफ्ना विभिन्न जानकारीहरु दिदै आएका थिए । आमिरले सन् २०१८ मा इन्स्टाग्राममा एकाउन्ट खोलेका थिए । 


 

प्रकाशित: बुधबार, ०४ चैत्र २०७७, ११ : २७ pm

प्रतिक्रिया दिनुहोस

Related News