चर्चा बटुल्दै ‘सेक्रेट स्टार’ बिष्णु माझीको ‘दशैँ-तिहार आइसक्यो’

चर्चा बटुल्दै ‘सेक्रेट स्टार’ बिष्णु माझीको ‘दशैँ-तिहार आइसक्यो’
Glammandu प्रकाशित: शनिबार, ०९ असोज २०७८, ०८ : ३२ pm

नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुन लोकदोहोरी गायिक बिष्णु माझी । उनी गुमनामजस्तै छिन्- तर स्वरले बजार तताएको छ ।

माझीकाे तीज गीत ‘चरी जेलैमा’ गीतले निकै लाेकप्रिय रह्याे । युट्युबमा ‘चरी जेलैमा’ ले छोटो समयमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । 

तीज सकिएर पनि ‘चरी जेलैमा’ को चर्चा सेलाउन नपाउँदै गायिका माझीको स्वरमा नयाँ 'दशैँ-तिहार'काे गीत सार्वजनिक भएको छ ।

उनको स्वरमा सार्वजनिक ‘दशैँ-तिहार आइसक्यो’ बोलको गीत पनि दर्शक स्रोताको मन जित्न सफल भएको छ । सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गीतको भिडियो दुई दिनमा ११ लाख पटक हेरिएका छन् । 

‘यहीँको तापम घाम राजै, यहीँको तापम जुन
यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आउ है गाउैमा....’

गीतले परदेशिएका आफ्नो मान्छेलाई गाउँ डाकेको छ । बिष्णुको एकल स्वरमा रहेको गीतको शब्द र लय सिर्जना उनका श्रीमान् सुन्दरमणी अधिकारीले गरेका हुन् । ‘चरी जेलैमा’ को झल्को दिन गीतको कोरसमा महिमा आचार्यले स्वर भरेकी छन् । 

शिव विकको कोरियोग्राफीमा तयार भिडियोमा प्रिया विष्टको अभिनय देख्न सकिन्छ । शम्भु चालिसेले छायंकन गरेका दृश्यको सम्पादन सुजन शाहीले गरेका हुन् ।

बिष्णुले गाएको ‘चरी जेलैमा’ ले छोटो अविधीमा दुई करोड भ्युज पाएको छ । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, लगायत उनले स्वर दिएका गीतले युट्युबमा करोड बढी भ्युअर्स बटुलेका छन् । 

प्रकाशित: शनिबार, ०९ असोज २०७८, ०८ : ३२ pm

प्रतिक्रिया दिनुहोस

Related News