गायक रमन रेग्मी र गायिका मिलन नेवारको स्वरमा रहेको गीत ‘तिमीलाई भेटेदेखि’ सार्वजनिक भएको छ । गीतमा नायिका बेनिसा हमाल र मोडल बिकास लामिछानेले अभिनय गरेका छन् ।
।
रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ् दिएकी छिन । गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ ।
म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् । सबिना कुवर रेग्मिले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइको छायांकन , बिकास धमलाको सम्पादन, कुसुम बुटिकको ड्रेस ,अनिता ग्वचाको मेकअप देख्न सकिन्छ । इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष बिस्वस्त रहेका छन् ।
प्रतिक्रिया दिनुहोस