हरित चलचित्र कर्मबारे आज मास्टर क्लास हुँदै

हरित चलचित्र कर्मबारे आज मास्टर क्लास हुँदै
Glammandu प्रकाशित: शुक्रबार, ०८ असोज २०७८, १३ : २८ pm

युरोपियन युनियन डेलिगेसन टु नेपालले हरित चलचित्रकर्म अर्थात् ग्रिन फिल्म मेकिङबारे मास्टर क्लास आयोजना गर्ने भएको छ ।

जलवायु परिवर्तनसँगै वातावरणमा पर्ने नकारात्मक प्रभावमा उद्योग, कलकारखाना मात्र होइन, फिल्म निर्माणकोे प्रक्रियाले पनि असर पारिरहेको तथ्यबारे जानकारी दिन भर्चुअल रूपमा क्लास दिन लागिएको हो ।

८ असोज (शुक्रबार) दिउँसो २ बजे हुने क्लास नेपाल युरोपियन युनियन फिल्म महोत्सव (नियुफ) २०२१ अन्तर्गतको एउटा कार्यक्रमका रूपमा आयोजना गर्न लागीएको आयोजक संस्थारूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

फिल्म तथा श्रव्य, दृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरलाई कम गर्ने उद्देश्यले क्लास आयोजना गरिन लागेको हो । क्लासमा हरित चलचित्र मूल्यांकन प्रणालीका निर्देशिकाबमोजिम फिल्म निर्माणस्थललाई कसरी दिगो बनाउन सकिन्छ भन्ने बारेमा सहभागीले जानकारी पाउने छन् । 

क्लासमा विभिन्न देशका फिल्मकर्मीसँग फिल्म सहनिर्माणका लागि हरित चलचित्र कर्मको प्रमाणीकरण लिएमा के फाइदा हुन सक्छन् भन्ने बारेमा पनि चर्चा गरिने छ । डा.अल्बर्टाे बाट्टोचीले प्रशिक्षण दिने मास्टर क्लासको सहजीकरण भ्यालरियो कारुसोले गर्ने छन् । क्लासमा सहभागी हुनका लागि आयोजक संस्थाले नेपाली कलाकार, प्राबिधिक, सञ्चारकर्मी, सबैलाई आव्हान गरेको छ । 

प्रकाशित: शुक्रबार, ०८ असोज २०७८, १३ : २८ pm

प्रतिक्रिया दिनुहोस

Related News