शुक्रबार ६ सयले घट्यो सुनको मूल्य

शुक्रबार ६ सयले घट्यो सुनको मूल्य
Glammandu प्रकाशित: शुक्रबार, ०८ असोज २०७८, १० : ५४ pm

हप्ताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । 

हिजो (बिहीबार) तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ६ सय रुपैयाँले घटेर तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

614d5dc03fcba.JPG
प्रकाशित: शुक्रबार, ०८ असोज २०७८, १० : ५४ pm

प्रतिक्रिया दिनुहोस

Related News