पछिल्लो केही समय ‘सीता’ बन्ने कुराले चर्चामा रहेकी बलिउड अभिनेत्री करिना कपुरले यसपालिको जन्मदिन पति सैफ अलि खानका साथमा माल्दिभ्समा मनाइन् ।
२१ सेप्टेम्बर अर्थात् मंगलबार आफ्नो ४१औं जन्मदिन मनाएकी करिनाले इन्स्ट्रामा स्टोरी हाल्दै आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन् ।
करिना केहीअघिसम्म ‘सीता–दि इन्कार्नेसन’ नामक फिल्ममा सीताको भूमिका निर्वाह गर्ने कुराले चर्चामा थिइन् । उनले सीता बन्न १२ करोड भारु पारिश्रमिक माग गरेकोसमेत खबर आएको थियो । तर, यो खबर त्यतिबेला गलत प्रमाणित भयो, जतिबेला सो फिल्मको निर्माण पक्षले करिनालाई कहिल्यै प्रस्ताव नै नगरिएको जानकारी दियो ।
‘सीता–दि इन्कार्नेसन’ को स्क्रिप्ट नै कंगना रनावतलाई हेरेर लेखिएकाले अरु अभिनेत्रीलाई प्रस्ताव गरिने कुरै नभएको फिल्मका निर्देशक अलौकिक देसाईले बताएका छन् । अर्काे वर्ष प्रदर्शनमा आउने सो फिल्म अ ह्युमन बिइङ स्टुडियोेले निर्माण गर्दैछ । आफू सीता बन्न नपाएको बारे भने करिनाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस