आलियाको बर्थडे करण जोहरको घरमा

आलियाको बर्थडे करण जोहरको घरमा
Glammandu प्रकाशित: सोमबार, ०२ चैत्र २०७७, १४ : १० pm

सन् १९९३ मार्च १५ मा मुम्बइमा जन्मिएकी बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । उनको बर्थडे पार्टी आज र्निदेशक एबं र्निमाता करण जोहरको घरमा भइरेहको भारतिय संचारमाध्यामहरुले जनाएका छन् । 
 
निर्देशक महेश भट्टकी छोरी आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् । यो चलचित्रका लागि ४ सय यूवतीले अडिसन दिएका थिए । उनले बाल कलाकारको रुपमा भने सन् १९९९ मा चलचित्र ‘संघर्ष’मा काम गरेकी थिइन् । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल भएका छन् ।

आलियाको जन्मदिनमा नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह, नायक अर्जुन कपुर, नायिका मलाइका अरोरा लगायत पुगेका थिए । 

कोभिड पोजिटिभ देखिएपछि आलियाका प्रेमी नायक रणवीर कपुर भने जन्मदिनमा  उपस्थित हुन सकेनन् । हाल उनि आफ्नै घरमा आराम गरिरहेका छन् ।
 

प्रकाशित: सोमबार, ०२ चैत्र २०७७, १४ : १० pm

प्रतिक्रिया दिनुहोस

Related News