चर्चित गायक प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ सार्वजनिक

चर्चित गायक प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, ०७ असोज २०७८, १२ : ०५ pm

नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिईरहेका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक भएको छ। सेन्टिमेन्टल जनरामा  बनेको  यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका  राज कुमारको संगीत रहेको छ भने  गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ।

यस अघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तिका गायक गायिकाहरुले स्वर दिईसकेका छन । नेपाली लगायत अंग्रेजी गीतहरु पनि लेख्न सफल रबि प्याकुरेल ‘अन्जान’ आँफैमा एउटा राम्रो गायक पनि हुन् ।  २०० भन्दा बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रबिका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन् ।

एभरेष्ट राजको निर्देशन रहेको यस भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या, प्रिन्सको  अभिनय रहेको छ । सुरज लामाको  छायांकन तथा राज कुमारको  सम्पादन रहेको  भिडियोलाई  एक्का  कम्पनीले निर्माण गरेको हो । यो दुनियाँनै माया प्रेममा अडिएको छ जहाँ कहिले मिलन त कहिले बिछोड भइरहेको हुन्छ । यही यथार्थवादी  कुराको भावलाई गीत मा समावेश गरिएको छ।

भिडियो हेर्नुहोस् :

प्रकाशित: विहीबार, ०७ असोज २०७८, १२ : ०५ pm

प्रतिक्रिया दिनुहोस

Related News