आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस