आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ ।
हिजो (मंगलबार) तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ९ सय रुपैयाँले बढेर तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस