आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८८ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको ११ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस