सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: सोमबार, ०४ असोज २०७८, ११ : १३ pm

आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार २ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

61481c3508c21.JPG
प्रकाशित: सोमबार, ०४ असोज २०७८, ११ : १३ pm

प्रतिक्रिया दिनुहोस

Related News