कलाकार रमेश केसीको निधन

कलाकार रमेश केसीको निधन
Glammandu प्रकाशित: आइतबार, ०३ असोज २०७८, १४ : १३ pm

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको निधन भएको छ । आज (आइतबार) बिहान ९ बजे गीत छायांकनको सेटमा  उनको निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।

‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा गएका रमेशको ६९ वर्षको उमेरमा निधन भएको हो ।  

वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । कलाकार केसीले ‘हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा काम गरेका छन् । कलाकार केसीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैछ ।

प्रकाशित: आइतबार, ०३ असोज २०७८, १४ : १३ pm

प्रतिक्रिया दिनुहोस

Related News