आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार) तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज आइतबार चाँदीको मूल्य भने घटेको छ । गएको शुक्रबार तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस