आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
हिजो बिहीबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ हजार ४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज शुक्रबार लगातार स्थिर रहेको चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस