बुद्ध लामाको नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक

बुद्ध लामाको नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, ३१ भदौ २०७८, १३ : ३० pm

नेपाल आइडल बुद्ध लामाको नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । उक्त गीत हिजो (बुधबार) ‘बुद्ध लामा’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 

गीतमा बुद्ध आफैको संगीत रहेको छ भने स्वरमा रचना रिमालले साथ दिएकी छिन् । ‘जाले रुमाल’को भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद भण्डारी, केशव थापा र केविका खत्री मिलेर गरेका छन् । शब्द अब्लिन थापा र अलेक लामाको रहेको छ ।

भिडियोमा बुद्ध लामा, केविका खत्री, प्रमोद भण्डारी, सृष्टि केसी, केशव थापा, उमेश राई (फुलेन्देको आमा) लगायतलाई देख्न सकिन्छ । गीतलाई हालसम्म ५९ हजार एक सय भन्दा बढीले हेरिसकेका छन् ।

भिडियो हेर्नुहोस्  :

प्रकाशित: विहीबार, ३१ भदौ २०७८, १३ : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News