बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: विहीबार, ३१ भदौ २०७८, ११ : १३ pm

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ७ सय रुपैयाँले घटेर तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

6142d63805951.JPG
प्रकाशित: विहीबार, ३१ भदौ २०७८, ११ : १३ pm

प्रतिक्रिया दिनुहोस

Related News