सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: बुधबार, ३० भदौ २०७८, १२ : २३ pm

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

हिजो (मंगलबार) तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ६ सय रुपैयाँले बढेर तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय  रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

61419540880bc.JPG
प्रकाशित: बुधबार, ३० भदौ २०७८, १२ : २३ pm

प्रतिक्रिया दिनुहोस

Related News