विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन् । पिताको नियन्त्रणबाट मुक्त भएलगतै उनले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
मिडिया रिपोर्टका अनुसार, ३९ वर्षकी ब्रिट्नीले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छिन् ।
ब्रिट्नी र सैमले लामो समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी गरेको मिडियाले उल्लेख गरेका छन् । ब्रिट्नीकी आमाले पनि उनीहरुलाई शुभकामना दिएकी छिन् । उनका प्रेमी सैम इरानका हुन् । उनी २७ वर्षका छन् ।
प्रतिक्रिया दिनुहोस