आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस