गायक कृष्ण केसीको स्वरमा रहेको गीत ‘जाले रुमाल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत ‘आफ्नो मान’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
मौसम हिमालीको कोरियोग्राफीमा तयार भएको भिडियोमा कलाकारद्धय वुद्दि तामाङ र रिश्मा गुरुङलाई देख्न सकिन्छ ।
पवन सुस्लिङको सम्पादन तथा छायांकन रहेको भिडियो कृष्ण केसीकै निर्देशनमा तयार भएको हो । बैबाहिक जीवनमा बाँधिएपछि भिडियो र चलचित्रबाट टाढा रहेकी तर उक्त गीतमा रिश्मालाई हेर्न पाउँदा दर्शक उत्साहित देखिएका छन् । गीतलाई हालसम्म १ लाख २३ हजार ७ सय भन्दा धेरैले हेरिसकेका छन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस