नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा

नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा
Glammandu प्रकाशित: सोमबार, २१ भदौ २०७८, १२ : ५९ pm

नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत सकिएको निर्माता पदम दोङ्ले जानकारी दिए ।

साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज श्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत रहेको छ । चलचित्रको मुख्य भूमिकामा पदम दोङ्लाई देख्न सकिन्छ ।

‘सिनेमा हल पनि विस्तारै खुल्ने तयारीमा छन् । अब हामीले चलचित्रको सम्पूर्ण काम सकाएर चलचित्र प्रदर्शनको लागी तयारी अवस्थामा बस्छौं । हामीलाई दर्शकहरुले हाम्रो चलचित्र मन पराउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छौ ।’ नायक एंव निर्माता पदम दोङ्ले बताए ।
 

प्रकाशित: सोमबार, २१ भदौ २०७८, १२ : ५९ pm

प्रतिक्रिया दिनुहोस

Related News