सोमबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सोमबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: सोमबार, २१ भदौ २०७८, ११ : ४३ pm

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

6135afb5c962e.JPG
प्रकाशित: सोमबार, २१ भदौ २०७८, ११ : ४३ pm

प्रतिक्रिया दिनुहोस

Related News